सुरेश राईको दोस्रो गीत ‘आधा चुरोट हावैले लैजान्छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीत सुरेश राई एण्ड द सफियर युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतमा स्वर सुरेश राईले दिएका छन् भने शब्द र संगीत सुरेश राई एण्ड द सफियरको रहेको छ।
गीतकाे एरेन्ज सागर संसार राईले गरेका हुन्। वेदना खेरेसुङमा राईले गीतको भिडियो निर्देशन गरेकी हुन्। भिडियोमा कलाकारहरू जीवन भट्टराई, सुरेश राई र द सफायर देखिएका छन्।
केही समयअघि राईको ‘माया गर्छु नि हौ’ बोलको गीत सार्वजनिक भएकाे थियाे। गीत, कविता र कथा लेखनमा सक्रिय राईको ‘सम्झनाको फोटोकपी (२०८०)’ कवितासंग्रह प्रकाशित छ।
प्रकाशित: ७ वैशाख २०८३ १२:०७ सोमबार





