१६ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

नायिका रेखा थापाको सरकारलाई प्रश्न: तराईमा भएको कारणले नागरिकको मृत्युलाई नजरअन्दाज गरिएको हो ?

 अभिनेत्री रेखा थापाले हालै सुनसरीमा भएको घटनाबारे संवेदनशील अभिव्यक्ति दिएकी छन्। उनले घटना तराईमा भएको कारण त्यति ध्यान नदिएको उल्लेख गरेकी छन्।

शुक्रबार थापाकै निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ को गीत रिलिज कार्यक्रममा सुनसरीमा भएको घटनाका विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले भनिन–‘हाल हाम्रो देश एकदमै संवेदनशील घटनाबाट गुज्रिरहेको छ। हामी कलाकारलाई पनि यस्ता घटनाले दुःखी बनाउँछ। तराईको घटना भएको कारण जति समर्थन हुनु पर्ने थियो, त्यति धेरै समर्थन भएको देख्दिन। तराईकै घटना भएको कारण यसलाई नजरअन्दाज गरेको झैँ मलाई लाग्छ।’

उनले यो घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै भनिन्,–‘यस्ता घटनाहरूको अन्त्य हुनुपर्छ।’ 

धर्म भनेको मानवीयता हो भन्दै उनले सर्वसाधारणलाई मिलेर बस्न आग्रह गरेकी छन्।

प्रकाशित: १५ श्रावण २०८३ १८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App