४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘परालको आगो’ को सुखद ओपनिङ

वैशाख ११ गतेबाट हलमा लागेको फिल्म ‘परालको आगो’ को सुरुवाती दिनमै सुखद ओपनिङ गरेको छ। शुक्रबार नै फिल्मले ३७ लाखभन्दा बढीको ग्रस कलेक्सन गरेको हो। फिल्मका निर्माता सुशील पोखेलले बिज मुभिजमा पत्रकारहरूमाझ फिल्मको ओपनिक कलेक्सन ३८ लाख नजिक रहेको बताएका हुन्।

उनले कलेक्सनसहितको डाटा देखाउदै भने,‘ हिजो ‘परालको आगो’ ले एकैदिन ३७ लाखभन्दा माथि व्यापार गरेको छ। आज हिजोको भन्दा बढी दर्शकको चाप हलमा देखिन्छ। आज हिजोको भन्दा बढी कलेक्सन आउने सम्झनाव छ।’

उनी आफ्नो फिल्मको ग्रस कलेक्सनले एकै दिनमा यति धेरैको व्यापार गरेकोमा खुशी देखिए। उनी थप्छन्, ‘यो सुखद् व्यापार हो। दर्शकले फिल्म हेरेपछि दोहोर्‍याएर हेर्नुहुन्छ।’

उनी आफ्नो फिल्मप्रति एकदमै विश्वस्त देखिएका छन्। फिल्मका निर्देशक लक्ष्मण सुनार आफूले कथाअनुसार सक्दो प्रयास गरेको बताए। फिल्मका वितरक रोहित कट्टेल फिल्ममा दर्शकको उत्साह निकै बढेको जानकारी दिए।

गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। बालकलाकार मन्जिलाको अभिनय पनि दर्शकले एकदमै रुचाएका छन्।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलले लगानी गरेका हुन्। उनी कलाकारसँगसँगै हलमा दर्शकसँग भेटेर फिल्मको प्रतिक्रिया लिइरहेका छन्। उनीसँगै फिल्मको पटकथा तथा संवाद सुशील देवकोटा पनि हलमा पुगेका छन्। लेखक देवकोटाले आफूले लेखेको फिल्मप्रति दर्शकको धारणा एकदमै पोजेटिभ आएको भन्दै खुशी व्यक्त गरे।

लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ। साथै रंग संयोजन कनाल कुँवरको छ।

समिर मिया र सत्यम रानाले फिल्ममा भिएफएक्स गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ। त्यसैगरी फिल्मको मिक्सिङ मुकेश शाह,निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन्।

यस फिल्मको पार्श्व संगीतमा किरण तुलाधर,संगीतमा शान्ति ठटाल,सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

यसै फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ। आरआर फिल्मसले नेपालभरका हलमा वितरण गरेको यो फिल्मको डिजिटल अधिकार ओएसआरको छ।

स्मरण रहोस् यो फिल्म गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बाट लिइएको हो। यसअघि प्रताप सुब्बाको निर्देशनमा पनि फिल्म निर्माण भएको थियो।

प्रकाशित: १३ वैशाख २०८३ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App