अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको चौथो महाधिवेशन आउँदाे २०८३ वैशाख २७ गते हुने भएकाे छ।
महाधिवेशन साेही दिन आइतबार, विहान १०. ३० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, सिद्दिचरण सभाकक्ष, कमलादी, काठमाडौंमा हुने भएको छ।
सो निर्णय गत २०८३ वैशाख १४ गते पूर्व अध्यक्षहरु राधेश्याम लेकाली र सन्ध्या पहाडीसहित बसेको कार्यसमितिको बैठकले गरेको हो। सो बैठक अनेसास नेपालका अध्यक्ष राजेन्द्र केसी अध्यक्षतामा समाजकै कार्यालयमा बसेको थियो।
अनेसास नेपालको यस चौथो महाधिवेशनमा झण्डै पाँच सय आजीवन सदस्यले भाग लिने जनाइएको छ। सो अधिवेशनमा उद्घाटन सत्र - विहान १०. ३० बजे, बन्द सत्र - १.३० बजे र त्यसपछि नयाँ कार्यसमितिको लागि निर्वाचन हुने अनेसास नेपालको सूचनामा जनाइएको छ।
अध्यक्ष केसीका अनुसार अधिवेशनमा स्मारिकाको लोकार्पण, राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार समर्पण लगायत सम्मानको कार्यक्रम रहेको र बन्दसत्रमा आर्थिक प्रतिवेदन र महासचिवको प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ।
प्रकाशित: २३ वैशाख २०८३ ११:३७ बुधबार





