गायिका अन्जु पन्त र एसडी योगीको स्वरमा चलचित्र ‘जलाकी’ को पहिलो गीत सार्वजनिक भएको छ। निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको ‘जलाकी’ गीत ‘चाँदी जलप’ निर्माण टिमले शुक्रबार यट्युबमा सार्वजनिक गरेका छन्।
गीतमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका प्रस्तुत छन्।
सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी छन् भने संगीत निर्माता रिकेश गुरुङ हुन् ।‘जलाकी’ सुपरहिट सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशनमा बनेको दोस्रो सिनेमा हो।
चलचित्रमा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन ९खबपु०, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
चलचित्र आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।
प्रकाशित: २२ श्रावण २०८३ १५:३५ शुक्रबार





