चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। चलचित्र पहिलो पोस्टरमै लगभग सबै कलाकार समावेश रहेको देखिएको छ।
हास्य कलाकार अर्जुन घिमिरेको यो डेब्यु निर्देशित चलचित्रको पोस्टरमा सबै कलाकार आ–आफ्नै पात्रमा देखिएका छन्।
यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । साथै चलचित्रमा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । बालकलाकारमा दिप्सन चिलवाल छन् । एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक समेत रहेका घिमरेको कथा रहेको फिल्म पटकथा र संवादलाई गणेश कार्की, विशाल घिमिरेले लेखेका हुन् । छायांकार बुद्ध थापा हुन् ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् ।
प्रकाशित: १४ मंसिर २०८२ १९:११ आइतबार





