दशैंको फूलपाती अर्थात् १३ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र हरिबहादुरको जुत्ता सफलतापूर्वक दोस्रो हप्तामा प्रवेश गरेको छ। उक्त चलचित्र आइतबार एक हप्ता पूरा गरेको छ। दर्शकले माया गरेको भन्दै अभिनेत्री प्रियंका कार्कीले कृतज्ञता ज्ञापन गरेकी छन् ।
'हाम्रो चलचित्र हरिबहादुरको जुत्ता सफलतापूर्वक दोस्रो हप्तामा प्रवेश गरेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै सम्पूर्ण दर्शक महानुभावहरूले देखाउनुभएको उल्लेख्य साथ र मायाप्रति हामी कृतज्ञता ज्ञापन गर्दछौं।'
साथै अभिनेत्री कार्कीले अविरल वर्षा रोकिए पनि सतर्कता अपनाउन सबैमा अपिल गरेकी छन् ।
'यसैबीच, अस्ति रातिदेखि निरन्तर परेको अविरल वर्षा यतिबेला रोकिएको छ। मौसम खुलेता पनि जो जहाँ हुनुहुन्छ, निकै सतर्कता अपनाउनुहुन हामी सबैलाई अनुरोध गर्दछौं।'
प्रकाशित: १९ आश्विन २०८२ १५:२३ आइतबार





