२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘खजमजिएको ब्रह्माण्ड’ लाेकार्पण

विकल त्यागी (प्रकाश गुरुङ)काे ‘खजमजिएको ब्रह्माण्ड’ मुक्तकसंग्रह लाेकार्पण भएकाे छ।

सिर्जना अभियान समाज भक्तपुरकाे आयाेजनामा समाजका सचिव ध्रुव मधिकर्मीकाे अध्यक्षता तथा लाेकप्रिय कृष्ण प्रधानकाे प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा कृतिकाे लाेकार्पण भएकाे हाे।

कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि कृष्ण प्रधान, समालाेचक ठाकुर शर्मा भण्डारीले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका हुन्।

दीपा गुरुङले चलाएकाे कार्यक्रममा सीताराम गुरुङले शब्दमार्फत अतिथिजनकाे स्वागत गरेका थिए।

प्रमुख अतिथि कृष्ण प्रधानले चार पंक्तिमा पनि जीवनका महत्त्वपूर्ण पक्ष प्रभावकारी रूपले व्यक्त गर्न सकिने बताउँदै प्रस्तुत कृतिमा कवि त्यागीले आफ्नो क्षमताको राम्रो सम्भावना देखाएकाे बताए।

त्यस्तै समालोचक ठाकुर भण्डारीले स्रष्टा त्यागीले मुक्तकमा समसामयिक जीवनका विविध पक्ष भिन्नभिन्न आग्रहले अभिव्यक्त सुन्दर प्रयास गरेको बताए। साथै उनकाे मुक्तकमा असन्तोष, आक्रोश, सकारात्मक सोच तथा विद्रोही भावना आउनु स्वाभाविक भएको बताउँदै शब्द प्रयोगमा ध्यान दिनुपर्नेतर्फ सचेत पनि गराए।

स्रष्टा त्यागीले समाजमा आफूले जे जसरी देखेको हो त्यसै भाषा र भावमा लेख्न खोजेको बताउँदै साहित्य सबैका लागि हुनुपर्ने बताए।

गीतकार त्रिविक्रम पाण्डे, खोटाङ गुरुङ तमु समाज काठमाडाैंका अध्यक्ष होमनाथ गुरुङ, वरिष्ठ उपाध्यक्ष मदन घले, सचिव मैना गुरुङ र कवयित्री दीपा गुरुङले खजमजिएको ब्रह्माण्डमा भएका मुक्तकहरूले समाजमा सकारात्मक सन्देश दिनेछ भन्दै शुभकामना व्यक्त गरेका थिए।

स्रष्टाकी छ्यामा बेलकुमारी गुरुङले प्रकाशन गरेकाे ‘खजमजिएको ब्रह्माण्ड’ मा त्यागीकाे विविध विषयका तीन सय एकासी मुक्तक सङ्गृहीत छन्।

प्रकाशित: १४ भाद्र २०८३ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App