१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

लासहरूलाई घाट महँगाे भाे!

मुक्तक

१) मुक्तक

गफाडीलाई बात महँगाे भाे

दासहरूलाई भात महँगाे भाे

महँगी त सगरमाथामै उक्लिसक्याे

ए हजुर, लासहरूलाई घाट महँगाे भाे।

२) मुक्तक

बटुवालाई बास महँगाे भाे

खच्चडलाई घाँस महँगाे भाे

महँगीकाे कुरा के गर्नू र खै

आफ्नाे बाेली आफैंलाई खास महँगाे भाे।

३) मुक्तक

कैले झण्डाकाे भव्य सवार

कैले डण्डाकाे घातक मार

कसरी बुझ्नु समयकाे खेल

सर्वश्व लुटेर धकेल्छ गाेलघर।

४) मुक्तक

अाडम्बरकाे रहस्य खाेल

दुनाे साेझ्याउन झुट नबाेल

पिशाच मतिकाे दाह गरेर

लाेभलालच चितामा पाेल।

५) मुक्तक

औकात बेगर गुथेर पगरी

लगानी नभई भरेर टाेकर

आनन्द  लिन अझै पनि

खाेज्छन् तिनै शुद्ध दूधपाेखरी।

प्रकाशित: १६ चैत्र २०८२ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App