२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘रोल न.१’ को व्यापार करोड नाघ्यो, ‘भागदौड’ले कति कमायो ?

 चलचित्र विकास बोर्ड बक्स अफिस आइतबारसम्म विवरण सावर्जनिक भएको छ। नेपाली तीन चलचित्र सिनेमाघरमा प्रदर्शनरत भए पनि विवरण भने दुईको सार्वजनिक भएको छ।

चलचित्र निर्देशक जोन योञ्जन निर्देशित चलचित्र ‘रोल न।१’ ले आफ्नो शनिबार ५१ औँ दिन सफलतापूर्वक पूरा गरेको छ।चलचित्र विकास बोर्डका आधिकारिक बक्स अफिस विवरण अनुसार चलचित्रले गत आइतबारसम्म १ करोड ७८ लाखको व्यापार गरेको भने ७१ हजार ३ सय ६९ वटा टिकेट बिक्री भएको छ।

असार २६ देखी प्रदर्शनमा रहेको भागदौडको पहिलो बक्स अफिस विवरण सार्वजनिक भएका छ। उक्त चलचित्रले आइतबारसम्म ९२ हजारको नौ सयको व्यापार गरेको भने ४०९ वटा टिकेट बिक्री गरेको छ। चलचित्रको मुख्य भूमिकामा कलाकार घनश्याम जोशी र विशाल पोखरेल छन् । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ।चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन्।

गौंथलीको बक्स अफिस विवरण भने अर्को सोमबार सार्वजनिक हुने छ।

प्रकाशित: ४ श्रावण २०८३ १६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App