९८औँ ओस्कर अवार्ड समारोह १६ मार्चमा अमेरिकाको लस एन्जलसस्थित डोल्बी थिएटरमा आयोजना हुने भएको छ।
यो कार्यक्रम नेपाली समयअनुसार बिहान ४ः४५ बजेदेखि प्रसारण हुने जनाइएको छ।
यस वर्षको ओस्कर अवर्डमा नयाँ श्रेणी थपिएको छ। अबदेखि उत्कृष्ट अभिनयका लागि पनि ओस्कार प्रदान गरिने भएको छ जुन यसअघि ओस्कारको क्याटेगरीमा समावेश थिएन।
यस वर्ष हलिउड फिल्म ‘सिनर्स’ ले १६ वटा ओस्कार नामांकन प्राप्त गर्दै नयाँ कीर्तिमान बनाएको छ। यदि यो फिल्मले ११ भन्दा बढी ओस्कार जित्न सफल भयो भने, ओस्कार इतिहासमै सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म बन्नेछ।
हालसम्म ‘टाइटानिक’, ‘द लर्ड अफ द रिङ्सः द रिटर्न अफ द किङ’ र ‘बेन-हर’ ले ११-११ ओस्कार जितेर यो रेकर्ड कायम गरेका छन्।
उक्त अवर्ड हरेक वर्ष आयोजना हुने गदर्छ। ऑस्कर अवॉर्डको शुरुआत सन् १९२९ मा भएको थियो।
प्रकाशित: १ चैत्र २०८२ १३:५२ आइतबार

