मदन पुरस्कार गुठीले मदन पुरस्कार- २०८२ का लागि दश कृति छनाेट गरेकाे छ। छानिएका कृतिमध्ये एक कृतिलाई मदन पुरस्कार प्रदान गरिने भएकाे छ।
छानिएका कृतिहरूमा केशवराज ज्ञवालीकाे अज्ञात, केशव दाहालकाे इथा, ललित विष्टकाे उत्कर्ष, राेशनकुमार झाकाे नेपालमण्डलसँग जाेडिएकाे सिम्राैनगढकाे इतिहास, वीणा जाेशीकाे नेवार समुदायकाे परम्परागत मुकुन्डाे नाच, उमा सुवेदीकाे परिधि, सीमा आभासकाे महायुग, श्रवण मुकारूङकाे सलह, डा. नवराज केसीकाे स्वस्पर्श र नदीशकाे हिउँद रहेकाे छ।
मदन पुरस्कार गुठीकाे अध्यक्ष कुन्द दीक्षितले जारी गरेकाे प्रेस विज्ञप्तिअनुसार मदन पुरस्कारका लागि गुठी २९८ कृति प्राप्त भएकाे थियाे।
प्रकाशित: ४ श्रावण २०८३ १२:२६ सोमबार





