७ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

आँचलको जन्मदिनमा ‘एक मुठ्ठी बादल’ को टिजर सार्वजनिक

अभिनेत्री आँचल शर्माको जन्मदिनको अवसरमा चलचित्र ‘एक मुठ्ठी बादलःमाई सेयर अफ स्काई’ ले मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ।

अभिनेत्रीले बुधबार २९ जन्मदिन मनाएकी छन्। आँचलको शीर्ष भूमिकामा रहेको चलचित्रको टिजरमा उनले नै वाचन गरेको कविता ‘पोम्पोईको फूल’ को सेरोफेरो वरिपरि टिजर घुमेको छ। कवितासँगै टिजरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराएको छ।

यो कविता निर्देशक सहाराको बाल्यकालको सम्झनामा आधारित छ। सानोमा हजुरआमाबाट कविता सुन्ने गरेको स्मरण गर्दै उनले कविता चलचित्रको अभिन्न अंग रहेको बताइन्।

उक्त चलचित्र मार्फत सहयोगराज अधिकारीले डेब्यु गर्दै छन्।

पारिवारिक कथावस्तु समेटेको चलचित्रमा केही अप्रत्याशित र दुर्भाग्यपूर्ण घटनापछि आमा र उनको परिवारले वर्षौंदेखिका रहस्य र कुण्ठा कसरी सामना गर्न बाध्य हुन्छन् भन्ने देखाइएको छ।

फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरल प्रताप अधिकारी लगायतका कलाकारको अभिनय छ।

गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन्।

चलचित्र आउँदाे वर्ष २०८३ जेठ १ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

प्रकाशित: ६ चैत्र २०८२ १२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App