२ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘राम नाम सत्य’ को सुखद ओपनिङ

नयाँ वर्षलाई लक्षित गर्दै रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन्। शुक्रबारभन्दा शनिबारको व्यापार बढेको गोविन्दको भनाइ छ।

माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन्। दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना गरेका छन्।

शनिबार नायक विराज भट्ट काठमाडौंका विभिन्न हलमा पुगे। काठमाडौंको अष्टनारायण हलमा १२ सय बढी दर्शकमाझ विराज घेरिएका थिए। अष्टनारायणको हजार सिट भएको हलमा दर्शक भरिएपछि ५ सय सिट भएको अर्को हलमा फिल्म लगाइएको थियो। विराज पुग्दा दर्शकले हुटिङ गर्दै साथ दिएका थिए।

उपेन्द्र शाही र स्वेता बिमलीको निर्माणमा तयार भएको यो फिल्मलाई हेरेर निक्लिएका दर्शकले  सुखद  प्रतिक्रिया दिएपछि नायक विराज भट्ट पनि उत्साहित देखिए।

विराजले भने, ‘मलाई सुरुवाती दुई दिनमा फिल्मको व्यापार कस्तो होला भन्ने लागेको थियो तर दर्शकले फिल्मलाई मन पराउनुभएको छ। साथै, उत्साहजनक रुपमा साथ दिनुभएको छ। यसले, हामीलाई उत्साहित बनाएको छ।’

निर्माणपक्षले अब, नयाँ वर्षको दिनमा हलमा दर्शकको उछाल आउने अपेक्षा गरेको छ। काठमाडौं बाहिरका स्टेशनमा पनि फिल्मको व्यापार सुखद रहेको वितरक कुवेर फिल्मस्ले बताएको छ।

यो फिल्ममा विराजको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनील थापा, प्रशान्त ताम्राकार, आयुष सिंह ठकुरी, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्। यस्तै, फिल्मका सह–निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताको रुपमा छन्।

मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन्। काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ।

मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्यूजिक छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शेर बहादुर लामाको छायांकन छ।

प्रकाशित: ३० चैत्र २०८२ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App