१७ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

नामकै कारण भारतको विमानस्थलमा दुई पटक रोक्यो : नाजिर हुसेन

अभिनेता नाजिर हुसेनले विमानस्थलमा भारतीय सेक्युरिटी गार्डले बारम्बार रोकेपछि यसमा असन्तोष व्यक्त गरेमा छन्।

उनले आफ्नो नाम मोहमद नाजिर हुसेन भएकै कारण भारतको विमानस्थलमा पटक पटक केरकार हुने गरेको भन्दै गुनासो गरे।

नाजिर हालै आफ्नो चलचित्र गुन्यो चोलोको विशेष प्रदर्शनका लागि एक कार्यक्रममा भारत पुगेका थिए।

उनीसँग उक्त चलचित्रका निर्देशक समुन्द्र भट्ट र जनकदिप पराजुली पनि थिए। तर उनीहरू लगायत अन्य मान्छेलाई सोधपुछ नगरी पढाएको भन्दै उनले आफूलाई विशेष कक्षमा लगी प्रश्न सोधिएको बताए।

‘भारतमा रहेको नेपाल राजदूतावासले आयोजना गरेको कार्यक्रममा मेरो चलचित्र गुन्यो चोलोको विशेष प्रदर्शन गरेर फर्केको हामी मध्येलाई भारतीय एयरपोर्टको सेक्युरिटीले केही पनि सोधपुछ गरेन। तर मलाई विशेष कक्षमा लगी यस अघि झैँ प्रश्न सोध्यो’, उनले भने, ‘कहाँ जना लागेको र तपाइँसँग कति पैसा छ, नामलगायतका प्रश्नै प्रश्न सोधियो।’

आफूलाई किन यसरी विशेष कक्षमा लगिएको भनेर सेक्युरिटी गार्डलाई प्रश्न गर्दा कुनै केही कारणले नि होइन जस्ता उत्तर दिएका उनले बताए।

‘यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु, अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो। यदि होइन भने, मैले कारण थाहा पाउनु पर्छ’ उनले भने।

उनले थप भने,‘पासपोर्ट स्क्यान गर्दा व्यक्तिको बारेमा सिस्टममा जानकारी पक्कै देखाउँछ होला नि। पहिलो पटक यसरी नै सोधपुछ गर्दा ठिकै छ जस्तो लागेको थियो।तर दोस्रो पटक ठिक लागेको छैन।’

प्रकाशित: ८ श्रावण २०८३ ११:३२ शुक्रबार