१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

वसन्त र शान्तिश्रीले गाए ‘आजलाई नाइँ नभन’

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहने ‘झिँगेदाउ २’ सिनेमाको गीत रेकर्डिङ गरिएको छ। पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार तथा गायक वसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत रेकर्ड गरिएको हो।

गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक पार्श्व गायनको नेपाली सिनेमाको गीतमा स्वर भरेका हुन्। यो गीतमा संगीतकार पोखरेलको नै शब्द, संगीत र एरेञ्ज छ। गायक थापा र संगीतकार अर्जुन पोखरेलले पहिलो पटक सहकार्य गरेका हुन्।

गायिका परियार, निर्देशक देउजा र संगीतकार पोखरेलले यसअघि झिँगेदाउको गीत ‘आगो बिना बिँडी जल्दैन’ मा सहकार्य गरेका थिए। यो गीत हिट भएकाले निर्देशक देउजाले लक्की चार्मको रूपमा ‘झिँगेदाउ २’ मा समेत गायिका परियारसँग सहकार्य गरिएको बताउँछ। अबको १० दिनमा गीत लगायत सिनेमाको सम्पूर्ण प्रिप्रोडक्स सकिने दशैंतिहारलगत्तै छायांकमा निस्कने तयारी निर्माण टिमको छ।

यो सिनेमाको कथा पहिलो भाग जहाँ सकिएको थियो त्यहीबाट सुरु हुने भएकाले ‘झिँगेदाउ २’ पूर्ण रूपमा सिक्वेल रहेको निर्देशक देउजाले बताए। सिनेमाको मुख्य भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्टसहित पहिलो भागका अधिकांश कलाकार दोहोरिने छन्। यो बाहेक एक अभिनेता र एक अभिनेत्री नयाँ कलाकारको प्रवेश हुनेछ।

कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको सिनेमामा विष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादन रहनेछ।

प्रकाशित: १६ श्रावण २०८२ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App