११ पुस २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

सोल्टिनीको टिजर सार्वजनिक

अर्जुन सुवेदीको निर्देशनमा बनेको नेपाली चलचित्र सोल्टिनीको टिजर सार्वजनिक भएको छ। भाइटीकाको दिन प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र सोल्टिनीको टिजरमा मायाप्रेमलाई देखाउन खोजिएको छ। टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बूबीचको प्रेम, समाजको कठोर यथार्थ र निडर दृश्य झल्काएको छ।  

यसअघि पनि निर्माण पक्षले प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेका पोस्टरहरू सार्वजनिक गरेको थियो। टिजरले पनि यही पक्षलाई समेटेको छ।  

चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रविन्द्र झा ,प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ।  

चलचित्रमा कार्यकारी निर्माता 'हर्क साम्पाङ रिभोलुसन एन्ड द टिन' हो ।  

चलचित्र सोल्टिनीको छायाङ्कन इलाम बजार, कन्याम, बिर्तामोड, पथरी र भोजपुरमा गरिएको छ। समाजमा रहेका व्याप्त अमानवियता र जातीय भेदभावका विरुद्ध सन्देश समेटिएको निर्देशकले दाबी गरेका छन्।  

प्रशान्त शिवाकोटी र हर्कुलस बस्नेतको संगीत रहेको चलचित्रको छायाङ्कन शोषण प्रजापतिले गरेका छन्। अर्जुन सुवेदी र कुमार भट्टराईको पटकथा रहेको छ। चलचित्रलाई रेजिना बिष्ट र संसार चौलागाईले निर्माण गरेका छन, भने सहनिर्माता रोशन चौलागाई, वसन्त कटवाल र सुजन अधिकारी छन्। यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्रइडेन्ट कन्सेप्टले गरेका छन्। यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रकाशित: २ आश्विन २०८२ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App