गायक शुभजय चाम्लिङ राईकाे ‘तिमीसँगै याे जुनी’ गीतकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ। जीता रमिता राईकाे उक्त गीतमा गजेन्द्र राईले मीठाे संगीत भरेका छन्।
गीतमा प्रेमिल भाव सुन्दर रूपमा प्रस्तुत गरिएकाे छ। सुशीला श्रेष्ठ, राज रुम्बा, अनुपा बुढाथोकी र देवराज लामिछानेकाे सुन्दर अभिनय र जीवन्त प्राकृतिक दृश्यले गीतकाे म्यूजिक भिडियाे उत्कृत बनेकाे छ। विनोद किरातीकाे क्यामेरा कला रहेकाे गीत टुकी बत्तीबाट हेर्न सकिन्छ।
प्रकाशित: २ भाद्र २०८२ १०:५० सोमबार

