४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

निर्देशक पौडेललाई साेधाइ, ‘सिन्दुरे जात्रा’ को कथा के हो?

निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरिसकेका छन्। ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरे पनि यसको विषयबारे अझै केही जानकारी दिएका छैनन्।

चलचित्र घोषणा गरे पनि उनले अहिलेसम्म विषय र कलाकारबारे जानकारी दिएका छैनन्।

जेठमा छायांकनमा जाने तयारी रहेको भनिएको सिनेमाको टाइटलले संकेत गरे अनुसार अनुमान लगाइए के हुन्छ भन्ने साेधाइमा निर्देशक सरोज भन्छन्, “करिबकरिब गलत हुन्छ। तपाईंको दिमागमा के छ त्यो त मैले जान्ने कुरा भएन तर नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै सिनेमाको विषय हो भनेर बुझ्नुभएको हो भने त्योचाहिँ पूर्णतया गल्ती नै हो।”

टाइटल अनाउन्समेन्ट टिजरमा ‘सिन्दुरे जात्रा’ कै विषय सिनेमाको मुख्य कथानक छ जस्तो देखिन्छ नि भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छन्, “सत्य हो, छनक त्यही देखिन्छ। सिन्दुरे जात्रासँग कहीँ कतै सिनेमा जोडिएला पनि तर नढाँटीभन्दा यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन।”

निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताए।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेलकै छ। सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन्।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ। चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले अहिले तय भइनसकेको बताए।

केही महिनाअघि निर्देशक पौडेलको लेखन र निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो।

प्रकाशित: २९ मंसिर २०८२ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App