२९ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

लघुकथाविद् डा. पुष्करराज भट्टलाई चेरब स्मृति सम्मान-२०८२

चेरब स्मृति प्रतिष्ठानले लघुकथाविद् डा. पुष्करराज भट्टलाई चेरब स्मृति सम्मान-२०८२ अर्पिएकाे छ।

चेरब स्मृति प्रतिष्ठानले वि.पी. नेत्र प्रतिष्ठानआँखा,नाक, कान, घाँटीअस्पताल मध्यपुर थिमी नगरपालिका वडा नं १ स्थित लोकन्थली, मनोहराफाँटको सभाकक्षमा तेह्रौं साधारण सभा, पाँचौं अधिवेशन, चेरब स्मृति सम्मान-२०८२ तथा कविता वाचन कार्यक्रम  कार्यक्रम गरेकाे छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार महेश प्रसाईं , विशिष्ठ अतिथिहरूमा डा. विष्णु विभु घिमिरे,भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरे, पाण्डवराज घिमिरे प्रतिष्ठानका अध्यक्ष कुलराज घिमिरे, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सीना, गोरखापत्र संस्थानका अधिकृत कर्मचारी  केदार वाशिष्ठ, प्रतिष्ठानका आजीवन सदस्य, साधारण सदस्य, कवि कलाकार  एवम्  प्रतिष्ठानका पदाधिकारीहरू,समाजसेवीहरू थिए।

उक्त कार्यक्रममा आ.व.२०८२/८३ को आर्थिक प्रतिवेदन  टीका खनाले र सचिवको प्रतिवेदन सचिव  पदम बाँस्तोलाले पेश गरेका थिए।

दुवै प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पास गरेको थियो। सभामा प्राडा विष्णु बिभु घिमिरे, भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेले शुभकामना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रमका प्रमुख अतिथि महेश प्रसाईंले प्रतिष्ठानले शोकलाई शक्तिमा बदल्ने कार्य गरिरहेको भन्द‌ प्रेरणा दिएका थिए।  ने.वि.प्रा.का उप कार्यकारी निर्देशक मदन तिम्सिनाले आफ्नो मन्तब्यका साथ भोटेकोसीको विपद् सम्वन्धी थलगत निरीक्षण गर्दाका जानकारीहरू गराएका थिए।

कार्यक्रमा चेरब स्मृति सम्मान २०८२ वरिष्ठ साहित्यकार  एवम् लघुकथाकार  पुष्करराज भट्टलाई  प्रमुख अतिथि सभापति तथा सल्लाहकार रत्नकला घिमपरे, प्रमुख अतिथि एवम् अध्यक्ष पुण्य घिमिरेबाट  प्रदान गरिएको थियाे।

उक्त कार्यक्रममा भोटेकोसी बाढीमा परी मृत्यु हुनेहरूमा श्रद्धाञ्जली,हराइरहेकाहरूको शीघ्र उद्धार तथा राहत उद्धारमा  शीघ्रताको कामना गरिएको थिय‍ो। प्रतिष्ठानका अध्यक्षले पीडितहरूसँग समन्वय गरी प्रतिष्ठानले  समयानुकूल सुरक्षासम्वन्धी कार्यक्रमहरू र सामाजिक सेवाहरू अगाडि बढाउने जानकारी दिएका थिए।

कार्यक्रममा आशिष खनाल, सञ्जयलसोती, डा. तीर्थ भट्ट, निर्मण रमण  पराजुली, श्याम श्रेष्ठ, भोजराज रेग्मी मुखाले,भानुभक्त न्यौपाने, केदार वाशिष्ठ, पदम खनाल, मधुस न्योपानेले कविता वाचन गरेका थिए।

यो समग्र कार्यक्रम सिस्नु पानीका सदस्य समेत रहेका, प्रतिष्ठानका सचिव चक्र दवाडीले संचालन गरेका थिए। स्वागत मन्तव्य मधुस न्यौपानेले गरेका थिए भने प्रतिष्ठानका उपाध्यक्ष धर्म पोखरेलले धन्यवाद मन्तबव्य गरेका थिए।

प्रकाशित: २९ भाद्र २०८३ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App