२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

लघुकथाकार डा. विन्दु पौडेल वस्तीको ‘प्रतिविम्ब’ लाेकार्पण

लघुकथाकार डा. विन्दु पौडेल वस्तीको लघुकथासंग्रह ‘प्रतिविम्ब’ को लाेकार्पण भएको छ। 

नवलपुरमा कृतिकारका सासूआमा हरिमाया वस्तीको अध्यक्षता तथा  मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको हाे।

मञ्चासिन व्यक्तित्वहरू अध्यक्ष वस्ती, प्रमुख अतिथि अधिकारी लगायत डा. कृष्णसगर पौडेल, डा. एकनारायण पौड्याल, बाबुराम पाण्डे, सरोज दवाडी, ओमकुमार श्रेष्ठ र टोकबहादुर सुनामी मगरले  कृतिको सामूहिक लोकार्पण गरेका हुन्।

कार्यक्रममा कृतिका प्रकाशक ठाकुरप्रसाद वस्तीले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए।

साहित्यकार तथा समालोचक प्राध्यापक डा. एक नारायण पौड्यालले लोकार्पित कृति  प्रकाशन भएकोमा प्रशंसा व्यक्त गर्दै आवश्यक सुधारका लागि सुझाव समेत प्रदान गरेका थिए।

ज्ञानोदय मावि प्रसौनीका व्यवस्थापन समिति अध्यक्ष बाबुराम पाण्डेले प्रतिविम्ब लघुकथाकृति प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै  शुभकामना प्रस्तुत गरेका थिए।

लेखकीय मन्तव्यको क्रममा  डा. पौडेलले पारिवारिक अवस्थादेखि लघुकथा लेखनसम्मको यात्राका सम्बन्धमा निजी अनुभूति समेत साझा गरेकी थिइन्।

लिला महतोले संचालन  गरेको उक्त विमोचन कार्यक्रममा स्थानीय विद्यालयका प्रमुख अध्यापकहरू, साहित्यकारहरू, आफन्तजन, साथीभाइ  र शुभेच्छुकहरूको उपस्थिति थियो।

प्रकाशित: १८ जेष्ठ २०८३ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App