१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ!

मुक्तक

१) मुक्तक

पुराना लुगा सिएर लाए

मागेर होइन दिएर खाए

नेपाली कोही नझुकी कहीं

स्वाभिमानमा नै जिएर आए।

२) मुक्तक

गरिबीको प्यालाभित्र लगाएर फिट्थिन् पैले

जेमा पनि अपजस दिँदै दाह्रा मात्रै किट्थिन् जैले

लोग्ने टिक्न नसकेर आत्महत्या गर्यो जब

तिमीबिना बाँच्दिनँ म भन्दै छाती पिट्छिन् ऐले।

३) मुक्तक

सयौं अरू भए पनि एक सय एक मलाई गन

जे भनिनौ अरूलाई त्यही कुरा मलाई भन

जसले पनि आफ्ना लागि राम्रै खोज्छन् तिमी पनि

कोही कतै नपाएमा मेरा लागि तिमी बन।

४) मुक्तक

पछाडि खुब कुरा काट्छ अघि तारिफ गर्छ ऊ

आफ्नो स्वार्थ पूरा गर्न पाउमा पनि पर्छ ऊ

लिएको ऋण तिर्दैन माग्न छोड्दैन तैपनि

कमाएको बढी देख्छ देख्दैन किन खर्च ऊ?

५) मुक्तक

भात खुवाउँछिन् लुगा धुन्छिन् माया गरे जस्तै लाग्छ

हिँड्छु बाटो हेर्दै रुन्छिन् माया गरे जस्तै लाग्छ

मेरो कुरा बोझिला र अरूका चैँ सत्य ठान्दै

धेरैजसो बाहिर हुन्छिन् र पो कस्तोकस्तो लाग्छ।

प्रकाशित: ९ जेष्ठ २०८३ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App