२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

नियात्राकार रामप्रसाद अधिकारीलाई ‘शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान’

 शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको संयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सत्रौं जन्मतिथिका अवसरमा रौतहटको चन्द्रपुरमा महाकवि देवकोटा जयन्ती भव्यता साथ सम्पन्न भएको छ।

कार्यक्रमको नियात्रा विधाप्रति समर्पित बाराका नियात्राकार रामप्रसाद अधिकारीलाई  ‘शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान-२०८२’ समर्पण गरिएको छ। अधिकारीका ‘मेची-काली‘ र ‘उड्दै-गुड्दै - घस्रिँदै‘ दुई नियात्रासंग्रह प्रकाशित छन्।

यसै गरी सोही कार्यक्रममा मधेस प्रदेशका बुढ्यौली साहित्य समाजहरूमध्ये सबैभन्दा सक्रिय भएबापत महोत्तरीको कार्यसमितिलाई ‘सक्रिय बुसास सम्मान’ प्रदान गरिएको छ।

बुसास रौतहटका कोषाध्यक्ष रामप्रसाद आचार्यले सञ्चालन गरेकाे सो कार्यक्रममा लक्ष्मण आचार्य, घनश्याम पन्त, रामचन्द्र कुशवाहा, नारदप्रसाद काफ्ले, प्रेमकुमार घिमिरे, जीवन आचार्य, मोहम्मद, कमरुद्दिन नदाक, केदारप्रसाद सिग्देल, जनक दुलाल, प्रदीप धनञ्जय, सन्तोष दाहाल, रामआधार पासवान, नित्यानन्द कँडेल, दीपक श्रेष्ठ, पृथ्वीनारायण महतो, राजन साह बनियाँ तथा आयुष्मा अधिकारीले आआफ्ना रचना पनि वाचेका थिए।

शिवसावित्री प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष रमेशमोहन अधिकारीलेसम्मानित स्रष्टा रामप्रसाद अधिकारीकाे बारेमा  बोलेका थिए। यसै गरी सञ्जय साह मित्र, शिवचन्द्र शाह, कृष्णप्रसाद दाहाल, हिमज्योति सुयाँल लगायतले साहित्यबारे आआफ्ना धारणा व्यक्त गरेका थिए।

स्वागत मन्तव्य सचिव किसुनदयाल यादव, सभाध्यक्षता लम्बोदर काफ्ले, प्रमुख अतिथि संस्कृतिविद् एवम् अनुसन्धाता पार्थमणि भट्टराई रहेकाे उक्त कार्यक्रम जनएकता सामुदयिक वन चन्द्रपुर-४ को सभाकक्षमा भएको थियो।

सो कार्यकक्षमा लीलाराज दाहाल, शङ्कर भट्टराई, गीता सत्याल जस्ता साहित्यकार तथा साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ५ कार्तिक २०८२ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App