६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘लघुकथा अभिभावक’ शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कारबाट पुरस्कृत

शब्दयात्रा प्रकाशनले स्रष्टा लता केसी (लघुकथा अभिभावक) लाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार-२०८२’ ले सम्मान गरेको छ।

लघुकथाकार अम्बिका धितालले पितामाताको स्मृति र सम्मानमा स्थापना गरेकाे यो पुरस्कार पहिलोपटक अर्पिएको हो।

उक्त सभामा स्रष्टा केसीलाई सभाध्यक्ष कृष्णमणि कुइँकेलले पुष्पमाला, निर्मला श्रेष्ठले उपहार, कालिका त्रिपाठी पन्तले शब्दयात्रा पट्ट, अम्बिका धितालले पाँच हजार  रूपैयाँ भेटी र हरि मञ्जुश्रीले अभिवन्दनापत्र अर्पिएका हुन्।

शब्दयात्रा प्रकाशनको सभाकक्ष, बनेपामा भएकाे कार्यक्रम शिव बञ्जाराले सञ्चालन गरेका थिए।

उक्त कार्यक्रममा अभिवन्दनापत्रमा पुरस्कार समर्पण गर्न आयोजित समारोहमा समुपस्थित सम्पूर्ण सहभागीका तर्फबाट पुरस्कृत व्यक्तित्व लता केसीको कीर्ति निरन्तर फैलिरहोस् भनी शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा विराजित सम्पूर्ण देवीदेवता र पितृहरूसँग प्रार्थना गरिएको बेहोरा उल्लेख छ।

प्रकाशित: २८ मंसिर २०८२ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App