४ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘साहित्यिक सहकार्य र निरन्तरतामा जोड दिनुपर्छ’

सुनकोशी वाङ्मय प्रतिष्ठानको दोस्रो साधारण सभामा वक्ताहरूले साहित्यिक सहकार्य र निरन्तरतामा जोड दिनुपर्ने बताएका छन्।

उक्त सभाका प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले दीप प्रज्वलित गरी उद्घाटन गरेका थिए।

उनले साहित्यकारलाई फाल्तु जोकर जस्तो बनाइएको समयमा साहित्यकारहरूबीच मात्र नभएर साहित्यिक संघसंस्थाहरूबीच पनि समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए। साहित्यमा पूर्वाग्रह राख्न नहुने उनको तर्क थियो।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले साहित्यिक क्षेत्रमा झाँङिएको विकृतिप्रति कटाक्ष गरेका थिए। उनले जे भनिन्छ त्यो गर्नुपर्छ भन्ने मान्यता बोकेर लाग्न सुझाव समेत दिए। देशलाई अप्ठ्यारो पर्दा साहित्यकार र साहित्यिक संघसंस्था जिम्मेवार भएर बोल्नुपर्ने उनको धारणा थियो। नेपाली कवि र साहित्यकारहरूकाे गर्व गर्नलायक कृतिहरू भए पनि अनुवादको अभावमा अन्तर्राष्टियकरण हुन नसकेको उनको भनाइ थियो।  

कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले सुनकोशीसँगको आफ्नो निकटतासहितका अनभूतिहरू साझा गरेका थिए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले छोटो समयमा सुनकोशीकाे गतिविधि नजिकबाट निहालिरहेको बताए।

सूर्य लाकोजूले संस्था स्थापना गर्नभन्दा निरन्तरता दिन कठिन भएको भन्दै सुनकोशीलाई शुभकामना दिए।

राजधानीमा आयोजित साधारण सभामा पवन आलोक, केशव पराजुली, सुमन सौरभ, शंकर भारती, तेजप्रकाश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखे।

अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न साधारण सभामा महासचिव प्रदीप सापकोटाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तारा केसीको आर्थिक प्रतिवेदन पारित गरियो।

प्रदीप सापकोटाको सञ्चालन र उपाध्यक्ष रामसुन्दर देउजाको स्वागत मन्तव्य राखेका थिए।  

प्रकाशित: ४ आश्विन २०८३ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App