दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु चाँडै आमा बन्ने भएकी छन्। यसै वर्षको अन्त्यतिर उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिने अपेक्षा गरिएको छ।
हालै उनले सामाजिक सञ्जालमार्फत आफ्नो बेबी बम्प देखिएको तस्बिर सार्वजनिक गरेकि छन्। उक्त तस्बिरमा उनी कालो पहिरणमा देखिएकी छन्, भने अनुहार देखिएको छैन्।
३९ वर्षीया सामन्थाले उक्त तस्बिर इन्स्टाग्राम स्टोरीमा साझा गर्दै रमाइलो शैलीमा लेखिन्, ‘मेरा सिक्स–प्याक एब्स, अब तिमीसँग पछि भेट हुनेछ।’ उनको यो क्याप्सन र तस्बिरले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ।
तस्बिर सार्वजनिक भएपछि प्रशंसकहरूले उनलाई शुभकामना र बधाई दिइरहेका छन्।
केही साताअघि मात्रै सामन्थाले आफ्ना पति तथा चर्चित फिल्म निर्माता राज निदिमोरुसँग आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरिरहेको खुसीका साथ प्रशंसकहरूलाई जानकारी दिएकी थिइन्।
आफ्नो फिल्म ‘मा इन्टी बंगारम’ को सफलताको उत्सवका क्रममा सामन्थाले स्वास्थ्यलाई प्राथमिकता दिँदै केही समय अभिनयबाट विश्राम लिने संकेत पनि दिएकी थिइन्।
उनले भनेकि थिइन्, ‘चलचित्र ‘मा इन्टी बंगारम’ पछि स्वास्थ्यका कारण मैले केही समय विश्राम लिनुपर्नेछ। म मातृत्व बिदामा रहनेछु। त्यसपछि आफ्ना प्रशंसकका लागि अर्को उत्कृष्ट फिल्मसँग ठूलो पर्दामा अवश्य फर्किनेछु।
प्रकाशित: १७ असार २०८३ १२:४३ बुधबार

