नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन्।
२४ वर्षीय पौडेलले थाइल्यान्डमा प्रेमिका सिम्रन खड्कासँग विवाह गरेका हुन्। आफ्नो विवाहबारे रोहित आफैंले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
उनले सिम्रनलाई मेन्सन गर्दै लेखेका छन्, ‘सपना साकार पार्ने यात्राका सहयात्रीदेखि जीवनभरका जीवनसाथीसम्म। सधैँभरिका लागि हाम्रो साथ।’
प्रकाशित: १० मंसिर २०८३ १५:०७ बिहीबार





