कलाकार ऋचा शर्माले ‘गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ’ भन्ने एजेन्डा प्रधानमन्त्री बालेन्द्र शाहको भए पनि त्यो व्यवहारमा नदेखिएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन्। शर्माले प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै भनिन्, 'गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हो हाम्रो एजेन्डा।'
तर, आज २५ सय रुपैयाँ नभएकै कारण एउटी आमाले अस्पताल बाहिर सडकमा बच्चा जन्माउनुपरेको घटनाले सरकारको स्वास्थ्यसम्बन्धी प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
'तर आज रु. २,५०० नहुँदा एउटी आमाले अस्पतालबाहिर सडकमा बच्चा जन्माउनुपरेको छ,' उनले भनिन्, 'भाषणमा होइन, सडकमा प्रमाण चाहिन्छ।'
उनले गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ भन्दै सरकारलाई प्रश्न समेत गरिन्। 'सरकार, गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ?'
प्रकाशित: २६ भाद्र २०८३ १०:१० शुक्रबार





