२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

रणवीर सिंहलाई बिश्नोई समूहका बक्सरको म्यासेज, दश करोड नदिए ज्यान लिने धम्की

बलिउड अभिनेता रणवीर सिंहलाई १० करोड रुपैयाँको मागसहित नदिए ज्यान लिने धम्की आएको छ।

संचारमाध्यम एनडीटीभीका अनुसार रणवीर सिंहलाई कुख्यात लरेन्स बिश्नोई समूहका सदस्य ह्यारी बक्सरले १० करोड भारु फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका छन्। रणवीरका म्यानेजरलाई ह्वाट्सएपमार्फत् अमेरिकाको नम्बरबाट पठाइएको भ्वाइस नोटमा रकम नदिए परिणाम भोग्न तयार रहन चेतावनी दिइएको छ।  

मुम्बई प्रहरीले उक्त नम्बरबारे थप जानकारीका लागि अमेरिकी अधिकारीहरूसँग सम्पर्क गरेको जनाइएको छ। साथै मुम्बई प्रहरीले बलिउड अभिनेता रणवीर सिंह र फिल्म निर्माता रोहित शेट्टीका प्रबन्धकहरूको बयान रेकर्ड गरेको छ। छुट्टै रूपमा, अपराध शाखाले रोहित शेट्टीको घरमा भएको गोलीकाण्ड वरपरका घटनाहरूलाई पुनः सिर्जना गरेको छ।  

यद्यपि रणवीरले यस विषयमा अहिलेसम्म औपचारिक रूपमा एफआईआर भने दर्ता गराएका छैनन्।

धम्की दिने ह्यारी बक्सरको वास्तविक नाम हरि चन्द जाट हो।

प्रकाशित: ८ फाल्गुन २०८२ १७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App