१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

स्रष्टा निरौलाले ल्याए ‘भावका भँगालाहरू’

मोरङका स्रष्टा रमेश निरौलाले ‘भावका भँगालाहरू’ (गजलसङ्ग्रह) प्रकाशनमा ल्याएका छन्। बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा निरौलाको उक्त कृतिको लोकार्पण गरिएको हो।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, संविधानसभा सदस्य मधु गुरुङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरे लगायतले निरौलाको कृतिको लोकार्पपण गरे।

उक्त कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका ३ नं वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा, साहित्य कला प्रवर्द्धन समिति पथरीशनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, लेटाङ साहित्य कला सङ्गमका अध्यक्ष गणेश दवाडी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, प्रगतिशील लेखक सङ्घ कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी सुसेली लगायतका विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बेलाबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले साहित्यकार रमेश निरौलाको व्यक्तिगत परिचय प्रस्तुत गदै उनीसँग जोडिएका केही क्षण तथा स्वभावको समेत जानकारी गराएका थिए।

कार्यक्रममा लेखक तथा अनुसन्धाता केशु विरहीले लोकार्पित कृतिकाे आलोचनात्मक समीक्षा प्रस्तुत गरेका थिए। निरौलाका गजलले बहुविषय उठाएको, कृतिमा मायाप्रेम, धोका पीडाका साथै विकृति, विसङ्गतिविरुद्धको कडा व्यङ्ग्य मात्र नभएर युवाहरूमा आशावादी स्वरसमेत सुसेलेको उनले बताए। उनले लोकार्पणपछिको समीक्षाभन्दा पाण्डुलिपिमै कृतिको परिचर्चा गरिनुपर्ने, विज्ञ व्यक्तित्वसँग बसेर छलफल गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा केशव सुनाम, डिल्लीराम ओझा, श्रेष्ठ परिक्रमा, गोपाल नेपाल, धनजीत पराजुली, एन बी दाहाल नवीन, रामप्रसाद खरेल, रोमु अधिकारी, किशोर कोइराला, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, उमा सिजापती, गणेश लामा, रोहित पराई, जेबी खत्री, युवराज ठकुरी, बादलदेवी चाम्लिङ, नवराज पोखरेल नवशिला, सिजन श्रेष्ठ, भीम बस्नेत, शिव छाङ्छा राई, विकास बुढाथोकी, शेरबहादुर खपाङ्गी मगर, प्रकाश भट्टराई, सुन्दर भट्ट, विनोद विवश घिमिरे, केपी घिमिरे, शेखर मगर, टेकराज एकचाई  मगर, प्रेमबहादुर गुरुङ, जुनु बुढाथोकी, गीता कुलुङ राई लगायतका लेखक तथा कलाकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशेष गरेर झापा, मोरङ र सुनसरीका लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न सहयोग गर्ने  तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई सम्मान गरिएको थियो।  

कार्यक्रममा डा. छवि वैरागी घिमिरे, भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्की लगायतका लेखक तथा स्रष्टाहरूले ‘भावका भँगालाहरू’ भित्रका रचना वाचन गरेका थिए। त्यस्तै लोकार्पित कृतिभित्रबाट चिरञ्जीवी काफ्ले, चण्डी राई, सानु राई लगायतका गायक तथा कलाकारले गजल गायन प्रस्तुत गरेका थिए।

मुक्तकबाट नेपाली साहित्यमा प्रवेश गरेका निरौला कविता, गजल, गीता तथा लघुकथा विधामा समेत कलम चलाउँदै आएका छन्। विभिन्न सङ्घसंस्थामा रहेर काम गरेका उनी बेलबारी साहित्य विकास समितिका वर्तमान अध्यक्षसमेत हुन्।

कार्यक्रममा उपाध्यक्ष गोविन्द चोङबाङले संस्थाका तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए। बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्गीतकर्मी जेबी थुलुङको रहेको थियो।

प्रकाशित: ३० असार २०८२ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App