३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

प्रहरी दिवसमा गीतकार देउजाको ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ सार्वजनिक

अमेरिकामा रहेर पनि निरन्तर नेपालमा कानुनी शासन, सामाजिक सद्भाव र सुरक्षा निकायहरूलाई सशक्त, सक्षम र उत्तरदायी बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएका राधाकृष्ण देउजाले ७० औं प्रहरी दिवसको अवसर परेर ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ बोलको गीत सार्वजनिक गरेका छन्। उक्त गीतमा नेपालको प्रहरीप्रतिको सम्मान र माया प्रकट गर्ने एक अर्थपूर्ण शब्दहरू समेटिएको पाइन्छ।

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ गीतमा देउजाले नेपाल प्रहरीको निरन्तर सेवा, त्याग र निःस्वार्थ समर्पणको यथार्थ झल्काउँदै समाजमा प्रहरीप्रतिको मनोबल उच्च राख्ने सन्देश दिएका छन्।

गीतमा शब्द रचना राधाकृष्ण देउजाको रहेको छ भने संगीत तथा स्वर गायक हेमन्त कान्छा रसाइलीले दिएका छन्। गीतको भिडियो सम्पादन प्रकाश विश्वकर्माले गरेका छन्।

गीतको शब्दहरूमा प्रहरीहरू सधैं देश र जनताको सुरक्षाको अग्रपंक्तिमा रहेर काम गर्छन् तर धेरैजसो समय उनीहरूले आफ्नो समर्पणको जस पाउँदैनन् प्रहरीप्रति जनताको सम्मान बढे मात्र कानुनी शासन बलियो बन्छ भन्ने भाव झल्किएको छ।  

७०औं प्रहरी दिवसको अवसरमा सार्वजनिक गरिएको यस गीतले प्रहरी समुदायको मनोबल बढाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। गीतमा समेटिएका भावनात्मक शब्द र लयले प्रहरीका चुनौतीपूर्ण दायित्वप्रतिको कदर झल्काउँछन्।

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ गीतको भिडियो राधाकृष्ण देउजा युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।

प्रकाशित: ३१ आश्विन २०८२ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App