४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘चुना लाएर’ सार्वजनिक

सिम्रन परियारको स्वरमा समावेश ‘चुना लाएर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको यो गीतमा बाबुल गिरीको संगीत छ ।  

गीतको भिडियोमा मोडल इशा परियारले नृत्य गरेकी छिन् । लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यो गीतको भिडियोमा आकर्षक नृत्य गरेकी छिन् ।  

उनले, यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको भिडियोमा पनि काम गरिसकेकी छिन् । साथै, इशाले एक दर्जन बढी भिडियोमा पनि नृत्य गरेकी छिन् । यो भिडियोमा उनको मिहिनेत प्रष्ट झल्किएको छ ।  

भिडियोमा उनको साथमा विशाल कैनी, रमेश अधिकारी, रमेश बुढाथोकी र दीपेन्द्र कुँवरको पनि अभिनय हेर्न सकिन्छ ।  

विशाल कैनीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । भिडियोमा एक युवतीको बदलाको कथा पनि समेटिएको छ ।

प्रकाशित: ९ आश्विन २०८२ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App