२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सुव्रत आचार्यको निर्देशनमा चलचित्र ‘हजारौंमा एक’ निर्माण घोषणा

सुव्रत आचार्यको निर्देशनमा चलचित्र ‘हजारौंमा एक’ को निर्माण घोषणा भएको छ।

उक्त चलचित्र रहस्य र अलौकिक कल्पनामा गहिरोसँग आधारित रहेको निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति चलचित्र निर्माण गर्न लागिएको निर्माण पक्षले उल्लेख गरेका छन्।

चलचित्रको निर्देशन सञ्चारकर्मी समेत रहेका अनुभवी निर्देशक आचार्यले गर्नेछन्। चलचित्रको कथा सीता मायाले परिकल्पना गरेकी हुन् र उनी नै चलचित्रकी प्रस्तुत कर्ता पनि हुन्।

चलचित्रलाई हिन्दी तथा मलियालममा समेत भाषामा डबिङ गरिनेछ भने करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको हो। मुख्य अभिनेतासम्बन्धी जानकारी भने अझै बाकी छ। साथै, चलचित्रमा मलियालम चलचित्र उद्योगका केही कलाकार तथा प्राविधिकहरूको पनि सहभागिता रहने निर्देशक आचार्यले बताए। 

चलचित्रको छायाङ्कन यसै वर्षको फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी भइरहेको छ।

प्रकाशित: २ श्रावण २०८३ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App