१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

लगान र गजनीका चर्चित अभिनेता प्रदीपको निधन

बलिउडबाट एक दुःखद खबर बाहिर आएको छ। आमिर खान अभिनित सुपरहिट चलचित्रहरू ‘लगान’ र ‘गजनी’ मा खलनायकको दमदार भूमिका निभाएर ख्याति कमाएका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

गत केही वर्षदेखि रक्त क्यान्सरसँग जुद्धिरहेका रावतको स्वास्थ्यमा समस्या दोहोरिएपछि अस्पतालमा उपचारका क्रममा निधन भएको उनका प्रबन्धक सिद्धार्थ तिवारीले पुष्टि गरेका छन्। उनी विगत दुई महिनादेखि अस्पतालमा भर्ना थिए। उनको निधनसँगै भारतीय चलचित्र उद्योगले एक कुशल कलाकार गुमाएको छ।

रावतको निधनको खबर बाहिरिएसँगै कलाकारहरूले गहिरो शोक व्यक्त गरेका छन्। अभिनेता सोनु सूदले सामाजिक सञ्जालमा ‘प्रदीप रावत भाइ, तपाईंलाई सधैं याद गरिनेछ’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। त्यस्तै, सह-कलाकार यशपाल शर्माले पनि इन्स्टाग्राममार्फत उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

हिन्दी बाहेक तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली, भोजपुरी, नेपाली र मराठी चलचित्रहरूमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका रावतले बी.आर. चोपडाको चर्चित टेलिभिजन सिरियल ‘महाभारत’ मा ‘अश्वत्थामा’ को भूमिका निभाएर घरघरमा पहिचान बनाएका थिए। उनले ‘लगान’ मा ‘देवा’ र ‘गजनी’ मा निभाएको भूमिका दर्शकको मनमा सधैं ताजा रहनेछ।

प्रकाशित: १९ श्रावण २०८३ २२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App