२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

टंकको ‘मनविनाको धन’ मा पूजा शर्माको प्रवेश

गत वर्षको हिट फिल्म ‘मनविनाको धन’ को सिक्वेल बन्ने भएको छ। गत वर्ष रिलिज भएर बक्स अफिसमा ४ करोड ग्रस कलेक्शन गर्न सफल यो फिल्मको सिक्वेल ‘मनविनाको धन २’ निर्माणको घोषणा गरिएको हो।  

यो फिल्मलाई पनि टंक बुढाथोकीले नै निर्देशन गर्नेछन्। टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिको रूपमा यो फिल्म निर्माण हुन लागेको हो।

फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ। शिवम्ले धमाधम यो फिल्मको कथा लेख्दै छन्। फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ।

यसैबिच यो फिल्मको मुख्य भूमिकामा नायिका पूजा शर्मा अनुबन्धित भएकी छन्। पूजा र टंकबिच आइतबार फिल्मका लागि कागजी सम्झौता भएको छ। भदौबाट यो फिल्मको छायांकन सुरु हुने बताइएको छ।

फिल्ममा अरू को कलाकार रहने हुन् भन्ने विषयमा निर्माण पक्षले केही पनि बताएको छैन।

टंकले भने, ‘हामी, अहिले प्रिप्रोडक्सनको काममा व्यस्त छौं। सुरुवातमै पूजाजीलाई फिल्ममा अनुबन्धित गरेका छौं। अरू कलाकारहरूलाई पनि एकपछि अर्को रूपमा अनुबन्धित गर्ने तयारी भइरहेको छ।’

नायिका शर्माले पनि यो फिल्ममा जोडिन पाउँदा आफू खुशी भएको बताइन्। पूजाले भनिन्, ‘फिल्मको कथावस्तु निकै पारिवारिक छ। मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ।’

यो फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गर्नेछिन्।  

प्रकाशित: २८ वैशाख २०८३ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App