२० श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

स्याङ्जामा ४४औँ बिपी स्मृति दिवसमा काव्य उत्सव

लेखक संघ (२००८), स्याङ्जाले ४४औँ बि.पी. स्मृति दिवसको अवसरमा "बि.पी. विचार गोष्ठी एवं काव्य उत्सव- २०८३" मनाएकाे छ।

नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा "बि.पी. विचार गोष्ठी एवं काव्य उत्सव- २०८३" भएकाे हाे।

साउन ६ गते वालिङ बहुमुखी क्याम्पसमा कार्यक्रम भएकाे हाे। कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपाने रहेका थिए। प्रमुख वक्ताको रूपमा प्राडा वासुदेव भण्डारी र टिप्पणीकर्ताको रूपमा ध्रुवप्रसाद शर्मा पङ्गेनी रहेका थिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण), वालिङ बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रे,  नेपाल शिक्षक सङ्घ, स्याङ्जाका अध्यक्ष पशुपति पौडेल, नेपाली लेखक सङ्घ, कास्कीका अध्यक्ष तथा गण्डकी प्रज्ञाप्रतिष्ठानका प्राज्ञ कमल पौडेल अथक, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर आदिद्वारा पहिलो चरणमा "बि.पी. विचार गोष्ठी" अन्तर्गत सारगर्वित मन्तव्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा "बि.पी. काव्य उत्सव- २०८३ अन्तर्गत स्याङ्जाली स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर केसी, रेशमलाल डुम्रे, नारायण न्यौपाने दर्शन, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजंग थापा, दिलीप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम अधिकारी, कमलप्रसाद बगाले, प्रकाश न्यौपाने चौरासपति, जि.बी. राना, ओम थापा, गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले, चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले, मिलन समीर, पारिश्वर न्यौपाने लगायतद्वारा आफ्ना उत्कृष्ट रचना प्रस्तुत गरिएको थियो।

नेपाली लेखक सङ्घ, स्याङ्जाका उपाध्यक्ष शान्ता थापाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको सहजीकरण सचिव युवा स्रष्टा गुरुप्रसाद ढकालद्वारा गरिएको थियो भने संयोजन नेपाली लेखक सङ्घ स्याङ्जाका निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सचिव युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरद्वारा गरिएको थियो।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्राडा कुसुमाकर न्यौपानेलाई नेपाली लेखक सङ्घ स्याङ्जाको तर्फबाट विशेष सम्मान गरिएको थियो भने प्रमुख वक्ता, टिप्पणीकर्ता र विशिष्ट आमन्त्रित व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रकाशित: ७ श्रावण २०८३ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App