२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

आफूविरुद्ध आफैं अभियानको छैटौ श्रृङ्खलामा कवि आर एम डङ्गेल

आफूविरुद्ध आफैं अभियानको छैटौ श्रृङ्खलामा कवि आर एम डङ्गेल प्रस्तुत भएका छन्।

कवि आर एम डङ्गेलले जीवनका विविध आयाम एवम् भावभूमिका कविताहरू अन्तर, घर बनाउँदै गर्दा, अखबारमा देश, सरल, दृष्य उही दृश्य उस्तै, मुक्ति यात्रा, समय साँची, उदाहरण र पाँचथर वाचन गरेका थिए।

कार्यक्रममा कवि डङ्गोलले कविताहरू जीवन्त हुने गरी समयसापेक्ष लेखिनुपर्ने बताए।

कार्यक्रममा कवि बोधराज पोडेल, प्रतिरोध कार्की, होमशंकर बास्तोला, छविरमण सिलवाल, नवराज रिजालले कवि आर एम डङ्गोलका कवितामा जीवनको कालखण्डको संङ्घर्ष, देशको पीडाको डायरी, भोकमा विचारको असम्बन्धता, र समसामयिक विसङ्गतिको चीत्कार रहेको बताए।

अभियानका संयोजक नवराज रिजालकाे अध्यक्षता तथा कवि होमशंकर बास्तोलाकाे सञ्चालनमा कार्यक्रम भएकाे हाे।

उक्त अभियान समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने, लेखनको विषयवस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्मसमीक्षा गर्नेगरी सुरु भएको हो।  

प्रकाशित: २३ श्रावण २०८३ १३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App