विष्णुमाया पुस्तकालय, विराटनगरले कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कृतिको ‘समयका तरङ्ग’ कवितासङ्ग्रहको लोकार्पण गरेको छ। विराटनगर –१, मोरङमा रहेको विष्णुमाया पुस्तकालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा ढकालको उक्त कृतिको लोकार्पण भएको हो।
प्रा कविराज पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञहरू खेम नेपाली, विवश पोखरेल र गङ्गा सुवेदी, सांस्कृतिकर्मी महेश रेग्मी, अग्रज स्रष्टा बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठानका कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, साहित्य सङ्गम विराटनगरका अध्यक्ष मधु पोखरेल, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बाबुराम पोखरेल र विवश पोखरेले कृतिको टिप्पणी गरेका थिए। टिप्पणीकताद्वयले ढकालको यो कृति सरल रहेको बताए। अघिल्लो कृतिभन्दा यो कृति धेरै परिष्कृत रहेको बताउँदै राम्रो कृतिका लागि बधाइ दिए।
कार्यक्रममा सुमन पोखरेल, रमेन्द्र कोइराला, मिनकुमार नवोदित श्रेष्ठ, दिनेशराज सुवेदी, गोपाल निर्भीक, भवानीप्रसाद पोखरेल, सीमा आभाष, रमेश निरौला, रोहिणी रसिक, सिजन श्रेष्ठ, पुष्पा सायरा, गोविन्द ढुङ्गाना, शारदा कार्की, राधा भट्टराई, शारदा कार्की, डोमी कामत, मदन भण्डारी, विनोद विवश घिमिरे, नेत्र खतिवडा, लक्ष्मी रायमाझी, शिवनारायण सिङ्गल, प्रयाग न्यौपाने, लीलानाथ सिलवाल, प्रतिमा निरौला, केपी घिमिरे, एलपी पराजुली, गीताप्रसाद श्रेष्ठ, लगायतका स्रष्टा/कलाकाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा केही स्रष्टाले लोकार्पित कृतिका कविता वाचन गरेका थिए।
कार्यक्रममा प्राज्ञहरू गङ्गा सुवेदी, खेम नेपाली, संस्कृतिकर्मी महेश रेग्मी, प्रकाशन संस्थाका अध्यक्ष मधु पोखरेल, लेखकका आफन्त अर्जुन गिरी लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य रहेको थियो।
विष्णुमाया पुस्तकालयका अध्यक्ष केशव गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने नाटेकर्मी एवम् कवि भरत गुरागाईं बर्बरिकको रहेको थियो ।
प्रकाशित: १८ भाद्र २०८२ ०९:५६ बुधबार




-600x400.jpg)
