१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

उपन्यासकार नीलम कार्की निहारिकाको ‘राजमाता’ लाेकार्पण

उपन्यासकार नीलम कार्की निहारिकाको ‘राजमाता’ उपन्यास लाेकार्पण भएको छ।

नेपाल पर्यटन बोर्डमा भएकाे लाेकार्पण कार्यक्रममा संस्कृतिविद् प्राडा वीणा पौडेलले ‘राजमाता’ उपन्यासकाे समीक्षात्मक टिप्पणी गरेकी थिइन्। उपन्यासकार कार्कीले इतिहासलाई आधार मानी  सुन्दर उपन्यास लेखेकाे बताइन्।

उपन्यासकार कार्कीले पहिल्यै उपन्यास राजमाता लेख्न थाले पनि कोरोना महामारीले उपन्यास थन्किएको बताइन्। लेख्दालेख्दै बिचमै मृत्युकाे भयले सताएकाे र राजमाता प्रकाशन गर्न सक्नु खुसीकाे कुरा भएकाे बताइन्।

कार्यक्रममा लेखक सोभित सिम्खडाले उपन्यासकार कार्कीसँग राजमाताको विषयमा अन्तरक्रिया पनि गरेका थिए।

प्रकाशित: १६ चैत्र २०८२ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App