२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

नोरा फतेहीमाथि उड्डयन कम्पनीको मानहानि मुद्दा

एक भारतीय उड्डयन कम्पनी एविएशनले बलिउड अभिनेत्री नोरा फतेहीविरुद्ध ३ करोड भारुको मानहानि मुद्दा दायर गरेको छ। कम्पनीले नोरा फतेहीका ‘अपमानजनक र गैरजिम्मेवार’ टिप्पणीका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गरेको छ।

ड्युन्स एभिएसनले गुजरातको अदालतमा मुद्दा दायर गरेको हो। कम्पनीका अनुसार, नोरा फतेहीले आफ्नो इन्स्टाग्राम खातामा चार्टर्ड विमानको भिडियो सार्वजनिक गर्दै उक्त विमानलाई ‘सानो’, ‘खेलौना’ र ‘लेगोको विमान’ जस्ता शब्द प्रयोग गरेकी थिइन्।

४ करोड ६० लाखभन्दा बढी फलोअर्स भएकी नोरा फतेहीका लापरबाहीपूर्ण टिप्पणीका कारण विमानको बुकिङ रद्द हुन थालेको कम्पनीको आरोप छ। यसले कम्पनीको व्यावसायिक गतिविधिमा समेत नकारात्मक असर परेको कम्पनीको दाबी छ।

कम्पनीले आफ्नो बुकिङमा १५–२० प्रतिशतसम्म गिरावट आएको र रद्द हुने क्रम बढेको दाबी गरेको छ।

मुद्दामा कम्पनीले अदालतसँग ३ करोड भारु क्षतिपूर्ति दिलाउन माग गरेको छ। साथै, सामाजिक सञ्जालबाट विमानबारे गरिएका टिप्पणी वा उल्लेख भएका सबै सामग्री तत्काल हटाउन आदेश दिन पनि माग गरिएको छ। यस विषयमा सेप्टेम्बर २५ मा सुनुवाइ गर्नेछ।

अहिलेसम्म नोराको यस विषयमा कुनै आधिकारिक स्पष्टीकरण भने आएको छैन।

प्रकाशित: २३ भाद्र २०८३ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App