१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

बाढी पीडितलाई नीति र आश्माको अस्थायी आवास सहयोग

पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र पूर्व मिस नेपाल आश्मा केसीले रसुवाका बाढीपीडितहरूका लागि अस्थायी घरको व्यवस्था गरेकी छन्।

बाढी पीडितलाई राहत दिने उद्देश्यले उनीहरूले १० देखि १२ फिटका पाल ५१ वटा अस्थायी घर बनाउनका लागि हस्तान्तरण गरेका छन्। उनीहरुले साथी तथा आफन्तसँग रकम उठाएर पाल तथा २०० कार्टुन चाउचाउ र अन्य अति आवश्यक सामग्रीहरू समेत वितरण गरिएको छ।

मनसुनको बेला भएका कारण हाल त्यहाँ बाढीका कारण घर ध्वस्त भइसकेको अवस्था छ। जसकारण पालले अस्थायी घर बनाएर व्यक्ति पानीबाट जोगिन तथा आराम गर्न पाउँछन्, उनीहरुको भनाइ छ।केही दिनअघि आश्मा र नीतिले बाढी प्रभावित बेत्रावतीका एक व्यक्तिलाई ३ लाख रुपैयाँ प्रदान गरेका थिए।

प्रकाशित: १७ भाद्र २०८३ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App