१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

निशालाई लोक दोहोरी स्टारको उपाधि, १० लाख हात पारिन्

नेपाली सांगितिक रियालिटी शो ‘लोक दोहोरी स्टार’ को उपाधि निशा लामाले हात पारेकी छिन्।

मंगलबार राष्ट्रिय नाचघरमा आयोजित ग्राण्ड फिनालेमा उनले शीर्ष उपाधि जितेर पुरस्कार स्वरूप १० लाख रुपैयाँ नगद प्राप्त गरेकी हुन्। त्यस्तै माधव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो भए। शोको निर्देशन माधवराज खरेलले गरेका थिए। उक्त फिनालेमा आठ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो।

दोलखाको चरिकोटमा जन्मिएकी गायिका निशा लामा योन्जन अहिले चर्चित रियालिटी शो ‘लोक दोहोरी स्टार’ को प्रथम उपाधि जितेर सफल भएकी हुन्। सानैदेखि गीत गुनगुनाउँदै गायनमा रुचि राख्ने निशाले आफ्नो मेहनत, संघर्ष र निरन्तर अभ्यासका साथ यात्रा तय गरेकी छन्।

प्रकाशित: १८ चैत्र २०८२ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App