अभिनेता विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रको आइतबार नयाँ पोस्टर सार्वजनिक भएको छ।
उक्त पोस्टरमा विपिन र केकी प्रेम भावमा देखिएका छन्। पारम्परिक पोशाक लगाएर यी दुई कलाकार एक अर्काको अंगालोमा देखिएका छन्। विपिन काजीको भूमिकामा देखिने छन् भने केकी काजीनीको भूमिकामा देखिनेछिन्।
लक्ष्मण रिजालको निर्देशनमा बनिरहेको चलचित्रमा रामप्रसाद रिजालको प्रस्तुति रहने छ।
चलचित्रमा विपिन र केकीसँगै गरिमा शर्मा, , रश्मी भट्टप्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।
प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनी र सुजिल कर्माचार्यको पार्श्व संगीत छ।
प्रकाशित: १४ वैशाख २०८३ १२:१८ सोमबार





