१५ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

नीताको ‘पार्वती’ ले तोक्यो प्रदर्शन मिति

आगामी भदौँ १२ गतेबाट रिलिज हुने

नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्किने तयारीमा जुटेको छ।

निर्माण टिमले यहीँ चैत २४ गतेबाट छायाकनमा निस्किने तयारी गरेको जानकारी दिएका छन्। साथै फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। यस फिल्मकी निर्देशक नीता ढुङ्गालो फिल्मलाई आउँदाे भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने बताइन्।

उनले भनिन्, ‘हामी यहीँ चैत २४ गतेबाट फिल्मको छायांकनमा निस्किदैछौँ र हामीले वितरक तथा सबैसँगको सल्लाहअनुसार फिल्मलाई आउँदाे भदौ १२ गतेबाट रिलिज गर्ने घोषणाको तयारीमा पनि छौं।’

यस फिल्ममा निर्देशक ढुङ्गाना आफैँ मुख्य भूमिकामा अभिनय गर्दैछिन्। नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा,राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन्। सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन्। उनी पहिलोपटक यस फिल्ममा क्रियटिभ निर्देशकका रूपमा काम गर्न लागेका हुन्।

यस फिल्ममा प्रोडक्सन शंकर पाण्डेले हेर्दै छन् पनि कार्यकारी निर्माता पनि उनै छन्। फिल्मको सम्पादन साहिल खानको रहने छ भने यस फिल्मको पोस्टर डिजाइन् रोयल भिमसेनको छ।

प्रकाशित: १५ चैत्र २०८२ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App