२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

नइले ‘विजय मल्लको शताब्दी’ मनाउने

नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि ‘विजय मल्लको शताब्दी महोत्सव’ को आयोजना गर्ने भएको छ।

नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहेका छन्।

विजय मल्लको जन्म १९८२ सालमा काठमाडौंमा भएको थियो। विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा. साधना प्रतीक्षाकाे 'नारीवादी नाटककार विजय मल्ल' र नरेन्द्रराज प्रसाईकाे 'विजय मल्लको जीवनी' प्रकाशित गरिने भएका छन्।

नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईकाे अनुसार नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ल भन्नु नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तै बहुआयामिक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन्।

प्रकाशित: २४ कार्तिक २०८२ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App