२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

नवराज पराजुलीको कविता कन्सर्ट

युवा पुस्ताको रोजाइका कवि तथा साहित्य सर्जक नवराज पराजुलीले ताप्लेजुङ सदरमुकाम फुङलिङमा कविता कन्सर्ट प्रस्तुत गरेका छन् ।  

बाल मन्दिर आधारभूत विद्यालय अन्तर्गत रहेको अपाङ्ग बाल आवास गृहमा रहेका बालबालिका तथा नेपाल नेत्रहिन संघमा आबद्ध व्यत्तित्वको सहयोगका लागि ‘कविता कन्सर्ट’ आयोजना गरिएको यसको संयोजन गरेका सागर मादेनले जानकारी दिए ।  

‘शब्दले हृ्दय जोड्ने’ असल मनशायका कन्सर्ट आयोजना गरिएको मादेनले बताए । कविता कन्सर्टमा जनही २ सय रुपैयाँ बराबर टिकट दर कायम गरिएको थियो । परोपकारी काममा सहयोग गर्ने मनशायका साथ आफुले ताप्लेजुङका लागि समय अर्पण गरेको  पराजुलीले बताए ।  

गत वैशाख अन्तिमसाता सिरिजङ्गा गाउँपालिकाले करिव ३ हजार ५ सय मिटर उचाईको वडा नं ८ स्थित नयाँ झोरेनीमा आयोजना गरेको महोत्सवका बेला समेत उनको कविता कन्सर्ट थियो । 

प्रकाशित: ३० कार्तिक २०८२ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App