१३ असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘कंगाल करोडपति’ मा मुकुन

चलचित्र ‘कंगाल करोडपति’ मा मुकुन भुसाल शीर्ष भूमिकामा देखिने भएका छन्। प्रवीण आचार्यको निर्माण रहेको चलचित्रलाई राजु श्रेष्ठले निर्देशन गर्ने भएका छन्।

कंगाल करोडपतिमा अनुबन्धित भएपछि अभिनेता भुसालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले यसमा जोडिएको उनले उल्लख गरे। अर्को तर्फ उनी अभिनित चलचित्र ‘रोल नं १’ अहिले सिनेमाघरमा प्रदर्शनरत छ।

पटकथा लेखक सुमन गजमेर हुन् भने निर्माण पक्षले चलचिको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ। पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको आगामी चलचित्रको निर्मातामा अनिलकुमार बुढाथोकी हन्।

निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै चलचित्र छायाङ्कनमा जाने तयारी गरिएको छ।

प्रकाशित: १२ असार २०८३ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App