७ वैशाख २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

मातृममता

लघुकथा

सिंहकाे सानाे बच्चा निर्धक्कसँग लडिबुडी गर्दै खेलिरहेकाे थियाे। नजिकै उसका बुबा सिंह पनि आराम गरिरहेका थिए।

निर्बाेध बालक सिंह खेल्दा खेल्दै उठ्याे र बुबाकाे अघि गै चिच्याउँदै पञ्जाले हिर्काउँदै चल्न थाल्याे। बुबाले त्याे बालक्रीडा गर्दै गरेकाे बालकलाई गर्जिंदै आफ्नाे नजिकबाट अलि पर धकेलिदियाे। आखिर जनावर न हाे, त्यसमाथि पनि राजा अनि भाले।

आँ गरेर ऊ बेस्सरी चिच्यायाे मानाैँ उसलाई बेस्सरी चाेट लाग्याे। आमा पनि त्यतै कतै रहिछे। दगुर्दै त्यहाँ आई अनि एकछिन एकटकले हेरी र बुबा चाहिँलाई बेस्सरी भकुरी दिई।

विचरा सिंह गल्ती नगर्दा गर्दै जाेईबाट भक्कुराई खाएर लुरुक्क परेर बस्याे। कहिलेकाहीँ केटाकेटीले गर्दा बिनाकारण पनि दाेषी जस्ताे देखिएर गाली र मार खानुपर्दाे रहेछ तर जे भए पनि आमाकाे ममताकाे तुलना संसारमा कसैसँग गर्न सकिँदैन चाहे पशु हाेस् वा अरू काेही। जय मातृदेव!

प्रकाशित: ५ वैशाख २०८३ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App