२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

‘आमा धरती बाबु आकाश’ लाेकार्पण तथा डा. हरिप्रसाद भण्डारी सम्मानित

नेपाल वाङमय परिषद धनगढी, कैलालीले कृति लाेकार्पण तथा स्रष्टा सम्मान गरेको छ।   संस्थाको अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता र पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रमको प्रारम्भमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिका साथै कार्यक्रमका विषयमा जानकारी दिएका थिए। नेपाल सरकारका पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवी प्रमुख अतिथि रहेका थिए।

समारोहमा डा. हरिप्रसाद भण्डारीलाई पद्मा- रामचन्द्र लघुकथा सम्मान-२०८१ प्रदान गरिएको थियो।

साहित्यकार शेखर अर्यालले सम्मानित स्रष्टा डा. हरिप्रसाद भण्डारीको जीवनी, कृतित्व र व्यक्तित्वबारे प्रकाश पारेका थिए। उनले डा. भण्डारीको लेखनयात्राका साथै सम्पादन एवं समालोचनाका क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए।

सम्मानित प्रतिभा डा. हरिप्रसाद भण्डारीले आफ्ना अनुभूति प्रकट गरेका थिए।

समारोहमा प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीले नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको ‘आमा धरती बाबु आकाश’ छैटाैं कृतिको लाेकार्पण गरेका थिए।

समालाेचक डा. शेखरकुमार श्रेष्ठले लाेकार्पित कृतिबारे प्रकाश पारेका थिए। उनले यस कृतिमा अनुभूति, संवेदना, संघर्षका साथै मानवीय जीवनका विभिन्न पक्षबारे जानकारी दिएका थिए। कृति स्तरीय र पठनयोग्य भएको पनि उनले बताए।

समालाेचक तथा लघुकथा अभियन्ता ध्रुवराज थापा ‘पुरुष’ का अनुसार कार्यक्रममा दीपक लोहनी, नवराज रिजाल, डा. टीकाराम पोखरेल र मातृका पोखरेलले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए।

गोविन्द अर्याल ‘श्रृङ्खला’ ले चलाएकाे कार्यक्रममा लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाई, प्रार्थना खनाल, शान्ता तिम्सिनाले लाेकार्पितका लघुकथा वाचन गरेका थिए।

प्रमुख अतिथि शान्ता मानवीले आफ्नो जीवन राजनीतिक क्षेत्रमा बढी बितेको भए पनि  आफूले साहित्य क्षेत्रलाई सधैं माया गरिरहने बताए। साहित्यले समाज र राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्ने पनि उनले बताए। 

प्रकाशित: ११ श्रावण २०८२ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App