१२ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

मदर्स डे

लघुकथा

" मामु भोलि मलाई भेट्न आइसियो ल? " छोराले फोन गर्‍याे।

उनले सोधिन्, "किन?" 

" भनेपछि आइसियो न। " उसले जिद्दी गरे जस्तै गरेर भन्यो।

छोराको फोनले उनलाई केही आश्चर्य पनि बनायो। कहिलेकाहीँ फोन गर्ने सुविधा भए पनि छोराले उपयोग गर्ने गर्दैन्थ्यो तर त्यस दिन फोन गरेर भोलिपल्ट आउने आग्रह गरेको थियो। केही समस्या परेछ कि भन्ने चिन्ता भयो।

"अहिले आउँछु नि के भयो? " उनले पुन: भनिन्।

" पर्दैन। केही भएको छैन। भोलि आए हुन्छ।" छोराको जवाफ थियो।

उनलाई थप कुरा बुझ्नुपर्‍याे बनेर वार्डेनसँग फोनमा कुरा गरिन्। सबै ठिक भएको खवर पाएपछि ढुक्क भइन्।

कार्यालयको कार्य व्यस्तता र भेटघाटको कारण पर्सिपल्ट मात्र विदाको दिन छोरा भेट्न स्कुलकाे होस्टलमा  गइन्।

आफ्नो मामुलाई भेट्नासाथ छोराको प्रश्न थियो, "हिजो किन नाआइसिएको?"

उनले भनिन्, "आएँ त आज। के भयो?" 

" हजुर आफूलाई मन लागेको बेलामा मात्र आइसिन्छ। मैले भनेको मानिसिन्न। " छोराको बोलीमा थोरै आक्रोश मिसिएको थियो।

" म अस्ति आउँछु भनेकै हो, पर्दैन भन्यौ। यी आज त आइहालेँ। " सम्झाउने पाराले उनले भनिन्।

"मलाई हिजो कस्तो भेट्न मन थियो। हिजो मदर्स डे थियो नि।" छोराले भन्यो।

प्रकाशित: ४ वैशाख २०८३ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App